जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एकैदिन ४ हजार घट्यो सुनको मुल्य

जन्मभुमि खबर ,
पोखरा

आइतबार एकैदिन सुनको मुल्य तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा झरेको छ ।