जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य स्थिर

जन्मभुमि खबर ,
पोखरा ।

आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

आज तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार चाँदी ताेलाकाे १ हजार ८२५ मा कारोबार भएको थियो ।