जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका मगरको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवा तालमा माछा मार्ने क्रममा बुधबार अपरान्ह्र बागलुङका ३३ वर्षीय सुकबहादुर मगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मगरलाई उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।