जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा घरकाे ढाेका फुटाएर एक करोड बढीका सामान चाेरी : दुई युवक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका–१७ घारिपाटनमा घरको ढोका फुटाएर सुनका गहनासहित एक करोड बढी मूल्यका सामान चोरी गर्ने दुई पक्राउ परेका छन् ।

चोरीको आरोपमा पोखरा महानगरपालिका–२२ का २१ वर्षीय नविन नेपाली र गोरखा घर भई पोखरा महानगरपालिका–४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर सोमबार पक्राउ परेका हुन् । उनीहरूले लक्ष्मीकान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्ण पौडेलको कोठाको ढोका फुटाएर ४२ तोला सुनका गहना, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामान चोरी गरेका थिए ।

त्यस्तै नगद ३ लाख ८० हजार गरेर एक करोड बढीका सरसामान चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट २४ तोलाका सुनका गहना, २२ वटा मोबाइल, ९ वटा क्यामेरा, १५ वटा ल्यापटप, ११ वटा घडी, दुई वटा ड्रोन, दुई वटा वाकीटकीलगायत समान बरामद भएको छ । उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।