जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द

जन्मभुमि खबर ,
पोखरा ।

२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । बिहानैदेखि वर्षा भएपछि लडरहिलस्थित ब्रोवार्ड क्रिकेट रंगशालामा खेल बिनाटस नै रद्द भएको हो  ।

नेपाली समयअनुसार बिहान सवा ५ बजे खेल सुरु हुने तालिका थियो । तर वर्षा नरोकिएपछि खेल रद्द भएको आधिकारिक घोषणा गरिएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीलाई १–१ अंक बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस नतिजापछि श्रीलंका समूह चरणबाटै बाहिरिने निश्चित भएको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमश: दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो ।

नेपाली टोलीले अब क्यारेबियनको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।