जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा मन्त्रिपरिषद विस्तार: मनाङे छैटौँ पटक मन्त्री , देवकोटा बने ऊर्जा मन्त्री

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशको मन्त्रिपरिषद्‌ विस्तार भएको छ । मंगलबार बिहान ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्विप जारी भए पनि मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ । नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारबाही गर्न नमिल्ने बताएको छ ।

यो सँगै गुरुङ गण्डकीमा छैटौँ पटक मन्त्री भएका हुन् ।

कांग्रेसका टेकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यस अघि नै नियुक्त भइसकेका छन् ।

मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १ र माओवादीको चुनाव चिह्नबाट जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका थिए ।