जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्रिकेट विश्वकप : आज नेपाल र नेदरल्यान्ड्स भिड्‌ने

जन्मभुमि खबर ,
पोखरा ।

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो पहिलो खेल नेपालले आज खेल्दैछ ।

समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुनेछ ।

खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट हुने तालिका रहेको छ ।

सन् २०१४ मा पहिलोपटक टी-ट्वान्टी क्रिकेट विश्वकप खेलेको नेपालले १० वर्षपछि दोस्रो पटक विश्वकप खेल्न लागेको हो ।