जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कपिलवस्तुमा बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु, ८ घाइते

जन्मभुमि खबर ,
पोखरा ।

कपिलवस्तुमा बस र पिकअप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा मंगलबार बिहान ६ बजे काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले जनाए ।

दुर्घटनामा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको रअन्य ८ जना घाइते भएको उनले जनाएका छन् ।

बसले ठक्कर दिँदा पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। उद्धारमा ढिलाई हुँदा उनको मृत्यु भएको हो।
घाइते ८ जनालाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।