जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा ८ जाल्पारोडमा जिवित नवजात शिशु फेला

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ८ जाल्पारोडमा नवजात शिशु फेला परेको छ । ४५ वर्षीय नारायण सुवेदीको घरमा सोमबार शिशु फेला परेको हो ।

सुवेदीको घरको ढोकामा अपरिचित व्यक्तिले शिशु छोडी फरार भएको भन्ने सुचनाका आधारमा शिशुको उद्धार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

शिशुको अवस्था मध्यम रहेको छ भने बिरामी जस्तो देखिएकाले उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

“कसैले छाडेर शिशु छाडेर हिडेको भन्ने जानकारी आयो, जन्मेको दुई/तीनमात्र भए जस्तो देखिन्छ,” शर्माले भने , “घटनाको अनुसन्धान जारी छ ।”