जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा मुग्लीन सडक : चाउथेमा पिच गर्ने तयारी

जन्मभुमि खबर ,
पोखरा ।

निर्माणाधीन पोखरा मुग्लीन सडक विस्तार परियोजनाको पोखरा खण्डमा पिचको तयारी गरिएको छ । पछिल्लो समय तीव्रताका साथ काम भइरहेको यस खण्डमा अव एक दुई दिनमा पिच सुरु गर्ने परियोजनाले जनाएको हो ।

पिचका लागि तयारी गरिएको चाउथे क्षेत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन समेत गर्नुभएको छ । सो क्रममा सडक निर्माणसँगै आवागमनमा बाधा नपर्ने गरी सहज आवतजावतको व्यवस्थापन गर्न निर्माण पक्षलाई निर्देशन समेत दिएका छन ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याका कारण नागरिकहरूलाई सास्ती भएको भन्दै यसको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन। निर्माण कार्य अझ तीव्र गतिमा गर्न र गुणस्तरमा कुनै प्रकारको कमजोरी नगर्न सुझाव समेत दिए ।

सडक निर्माण कार्यमा सहजताका लागि पोखरा महानगरपालिकाले परियोजना सँग निरन्तर समन्वय गरिरहेको छ ।