जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीको मुख्यमन्त्रीमा दोस्रोपटक पाण्डेले लिए शपथ , अर्थमा गुरुङ, स्वास्थ्यमा थापा नियुक्त

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। सर्वोच्च अदालतको परमादेशपछि उनी बुधबारै दोस्रो पटक मुख्यमन्त्री बनेका नियुक्त भएका थिए।

उनीसँगै कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका छन्।

थापाले सामाजिक विकास, ऊर्जा र गुरुङले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

सोमबार सर्वोच्चले गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको थियो।