जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो।

सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए । उनीहरू लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मारिरहेको बताइएको छ।

घटनास्थलमा उद्धारकर्मी पुगेर दुई जनालाई निकालेर प्राथमिक उपचार दिइएको प्रहरीको भनाई छ। तर, केही समयपछि दुवै जनालाई घटनास्थलमा मृत घोषित गरिएको थियो।