जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा सुनको मूल्य आज इतिहासकै सर्वाधिक महँगो भएको छ । आज सुन प्रतितोला एक लाख ४० हजार पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

यसअघि नेपाली बजारमा सुनको मूल्य एक लाख ३९ हजार तीनसयमा पुगेर ओरालो लागेको थियो ।

स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ। हिजो छापावाल सुनको मूल्य १ लाख ३८ हजार चार सय थियो ।

तेजावी सुनको मूल्य पनि आज प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ ।

त्यसैगरी चाँदीको भाउ पनि आज प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच पुगेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य १ हजार ७४५ थियो ।