जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य हालसम्मकै उच्च

जन्मभुमि खबर ,
पोखरा ।

सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

छापावाल सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले बढेर एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएको थियो । लगातार उकालो लागेको सुनको मूल्यले शुक्रबार नयाँ कीर्तिमान कायम गरेको हो ।

यसैगरी, तेजाबी सुन एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि तेजाबी सुनको मूल्य बिहिबार एक लाख ३९ हजार आठ सयमा थियो ।

शुक्रबार चाँदीको मूल्यमा भने प्रतितोला २५ रुपैयाँले गिरावट आएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।