जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

बुधबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा तेजाबी सुन पनि ६०० रुपैयाँले बढेको हो । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार ९३० रुपैयाँमा कारोबार भइ रहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।