जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

स्थानीय बजारमा आज सुनको मूल्य घटेर कारोबार भएको छ । साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्य एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।