जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सिरोहियालाई थप तीन दिन थुनामा राख्ने अनुमति

जन्मभुमि खबर ,
पोखरा ।

कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएकाे छ। जिल्ला अदालतका न्यायाधीश चूडामणि खड्काको इजलासबाट करिब चार घण्टाको बहसपछि यस्तो अनुमति आएको हो।

मंगलबार काठमाडाैंबाट पक्राउ परेका सिराेहियालाई बुधबार बिहान धनुषा जिल्ला अदालत ल्याइएकाे थियाे। जिल्ला सरकारी वकिलकाे कार्यालयले सिराेहियालाई पाँच दिनमा थुनामा राखेर अनुसन्धान गर्न सिफारिस गरेकाे थियाे।

बुधबार जनकपुरमा अध्यक्ष सिरोहिया पक्राउको विरोधमा यहाँकाे नागरिक समाज, व्यापारीले जनकपुर जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय जाने बाटोमा धर्ना दिएर विरोध गरेका थिए।

अध्यक्ष सिराेहिया मंगलबार नागरिकतासम्बन्धी विवादमा काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका थिए।