जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सभापोखरी घुम्न गएका पोखराका बुद्धिबहादुर मृत भेटिए

 

जन्मभुमि खबर ,
पोखरा ।

धार्मिक पर्यटकीय क्षेत्र सभापोखरी घुम्न आएका पोखरा महानगरपालिका २९ का बुद्धिबहादुर गुरुङ शुक्रबार मृत भेटिएका छन् ।

सभापोखरी ५ लोरुम्बामा बुद्धिबहादुर मृत भेटिएको डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार गुफापोखरी हुँदै छोरा सागरसँग बुधबार बुद्धिबहादुर सभापोखरी घुम्न निस्केका थिए ।

बाबु बिरामी भएपछि सागरले बिहीबार सभापोखरी ५ फाकुवाका स्थानीयसँग सहयोग मागेका थिए । उनको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । उद्धार अघि नै उनको मृत्यु भइसकेको थियो । यो स्थानमा संचारको पहुँच छैन ।

शवलाई एक निजी कम्पनीको हेलिकोप्टरबाट कानुनी प्रक्रिया पूरा गरी पोखरा पठाइएको प्रहरीले जनाएको छ ।