जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २० वटा समस्याग्रस्त सहकारीको नाम राखियो

जन्मभुमि खबर ,
पोखरा ।

सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति भएको छ।

कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा टीओआरमा जुटेको सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ ।

सहमतिसँगै अनुसूचीमा समस्याग्रस्त सहकारीको नाम पनि राखिएको छ ।