जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लेकसाइडको स्पाबाट पुन: ५ बालिकाको उद्धार

जन्मभुमि खबर ,
पोखरा ।
पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा (मसाज) सेन्टरले बालिकालाई काम लगाउने गरेको फेला परेको छ । स्पामा काममा लगाइएका ५ जना बालिकाको शुक्रबार उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समूहले संयुक्त अनुगमन गरेको थियो । पोखरा महानगरपालिका–६ लेकसाइडका १५ स्पा सेन्टरमा अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । तीमध्य तीनवटा स्पामा बालिकाकालाई काम लगाएको फेला परेकाले उद्धार गरेको उनको भनाइ छ ।

नेक्टर इको स्पाबाट ३ जना, पञ्चासे स्पा एण्ड पार्लर र नमस्ते वेलनेस स्पाबाट १/१ जना बालिकाको उद्धार गरिएको हो । बालिकाको उद्धार गरेर थप अनुसन्धान भइरहेको डिएसपी शर्माले जानकारी दिए ।

यसअघि जेठ २ गते पनि अनुगमन टोलीले ६ जना बालिकाको उद्धार गरेको थियो । लेकसाइडको सेन्टर पोइन्ट स्पा र न्यु भिजन स्पाबाट २/२ जना, हिमालय र पारामाउण्ट स्पाबाट १÷१ जना बालिकाको उद्धार गरेको गरिएको हो ।