जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेलाई कारबाहीको माग गर्दै धनराज गुरुङले दिए सभामुखलाई निवेदन

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै सभामुखसमक्ष निवेदन दिएका छन् । उनले ‘सत्य तथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गरी पाऊँ’ भन्दै सोमबार निवेदन दिएका हुन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै मन्त्री लामिछानेले रातो पासपोर्ट दुरुपयोगको प्रसंग उठाएका थिए । सो प्रकरण गुरुङसँग सम्बन्धित छ । उनले निवेदनमा अदालतले गरेको फैसलामाथि अवहेलना गरेको, आम नागरिकमा भ्रम सिर्जना गरेकाले अदालतभन्दा पनि आफू माथि रहेको गृहमन्त्रीको अभिव्यक्तिबाट देखिएको उल्लेख गरेका छन् ।

गृहमन्त्रीको अनैतिक कुराले संसदकाे अवहेलना हुन पुगेकाले सो कुराको पुष्टि गर्न समेत गुरुङले चुनौती दिएका छन् ।