जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यार्सा टिप्न गएकी २२ वर्षकी युवतीको बाटोमै मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

यार्सागुम्बा टिप्ने क्रममा लेक लाग्दा रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ।

आठबिसकोट नगरपालिका- ४ गोतामकोट की २२ वर्षीया जमुना विष्टको सोमबार राति डोल्पाको काईके गाउँपालिकामा मृत्यु भएको आठबिसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन्।

‘उनले भर्खरै कक्षा १२ को परीक्षा दिएकी थिइन्,’ शाहीले नेपालखबरसँग भनिन्, ‘उनका बुवा घरमा हुनुहुन्न, रोजगारीको लागि भारतमा हुनुहुन्छ। घरखर्चको लागि उनी बहिनीलाई साथमा लिएर जेठ नौ गते लेकतिर लागेकी रहिछन्। बिरामी परेर बाटोमै ज्यान गुमाइन्।’

डोल्पाको नाउरेमा पुगेपछि उनी लेक लागेर बिरामी परेकी थिइन्। समयमै उपचार नहुँदा उनको मृत्यु भएको हो। बहिनी सरस्वतीलाई साथमै लिएर घर फर्किँदै गर्दा बाटोमै उनको मृत्यु भएको शाहीले बताइन्।

उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल दुनैमा राखिएको छ।