जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुग्लिङ–नारायणगढ सडकखण्डमा ढुंगाले लागेर डोजर चालकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

मुग्लिङ–नारायणगढ सडकखण्डमा नाला खन्ने क्रममा खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ ।आइतबार बिहान इच्छाकामना गाउँपालिका–५, स्थित तीन नम्बर पुलनजिक नाला खन्ने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको परिचय खुलिनसकेको चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

ढुंगाले निर्माण कम्पनीको मेसिनमा क्षति पुगेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए । हाल उक्त सडकखण्डमा एकतर्फी सवारी सञ्चालनमा रहेको उनले जानकारी दिए ।