जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पार्किङ गरी राखेको स्कुटर चोरी गर्ने बुढाथोकी प्युठानबाट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

स्कुटर चोरी गरी प्युठान पुर्‍याएका व्यक्तिलाई प्रहरीले  पक्राउ गरेको छ ।

जेठ २ गते  कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँ बजार स्थित पार्किङमा रोकी राखेको ग १५ प २४७५ नम्बरको हराएको स्कुटर र चोर्ने व्यक्तिलाई  प्युठानबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट खोजतलास गर्दा फेला नपरेपछि  अन्यत्र जिल्लामा समेत हुलिया सहित खोजतलासको लागि पठाइएको थियो ।

खोजतलासको क्रममा प्रहरीले  प्युठान नौबहिनी गा.पा. वडा नं. ७ बस्ने वर्ष ३६ को रेकम बुढाथोकीलाई स्कुटर सहित  पक्राउ गरिएको हो ।

बुढाथोकीलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा सात दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।