जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा दुर्गा प्रसाईंका समुहले गरे सहकारीमा तोडफोड, ९ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ३० शिशुवा मा रहेको चक्रदेवी सहकारीमा तोडफोड भएको छ । बुधबार पोखरामा हुने कार्यक्रमको लागि माइकिङ गर्दै गएको टोलीले सहकारीमा आक्रमण गरेको बताइएको छ ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँ पालिका ५ रिवानका प्रकाश बिक, झापा भद्रपुरका राजिव प्रसाई, पोखरा २७ लेखनाथका गणेश शाही, समिन बिक, संजिप सुनार, यम बहादुर चौरेली, कृष्ण कुमारी चौरेली, कमला चन्द र नवलपरासीका बिष्णु बोहरा रहेका छन् ।

तोडफोडमा संलग्न रहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैजना दुर्गा प्रसाईं समूहका रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।