जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि

जन्मभुमि खबर ,
पोखरा ।

नेपालमा कोभिड -१९ को नयाँ भेरियन्ट देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनाेमसिक्वेन्सिङमा कोभिड-१९ को नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ पुष्टि भएको हो।

४२ कोभिड पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

पछिल्लो समय उक्त भाइरस सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ।