जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँको मादी नदीमा बालकको शव भेटियो

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२–१३ वर्षीय बालकको शव भेटिएको हो ।

मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक दीपककुमार रायले जानकारी दिए । निजको सनाखतका लागि प्रयास भइरहेको उनको भनाइ छ ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।