जीवी राईको राहदानी रद्द गर्न कास्की प्रहरीले राहदानी विभागलाई लेख्यो पत्र
जन्मभुमि खबर ,
पोखरा ।
सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्र लेखेको छ ।
विदेशमा लुकेर बसेको आशंका गरिएका राईलाई पक्राउ गर्न सफल नभएपछि प्रहरीले सो कदम चालेको हो ।
कास्कीको सुदर्शन सहकारीको ठूलो रकम हिनामिना गरेको आरोप राईमाथि लागेको छ । राई भने लामो समयदेखि सम्पर्कविहीन छन् ।
उनी मलेसियामा रहेको आशंकामा सरकारले त्यहाँको सरकारसँग पनि सहयोग मागेको थियो । तर, अहिलेसम्म कुनै उपलब्धि हासिल भएको छैन ।