जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केटी साथीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरीको हत्या , ७ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँ प्रहरी परिसरले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुरका आइते भनिने २१ वर्षीय सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, स्याङ्जा की ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

उनीहरुलाई पक्राउ गर्ने क्रममा अस्ट नारायण हल पछाडी र बाइसधारा जंगलमा हवाई फायर समेत गरेको थियो । काठमाडौँ प्रहरी परिसरले आइतबार पत्रकार सम्मेलन गर्दै जंगलबाट उम्कन खोजेपछि १ राउण्ड हवाई फायर गरिएको जानकारी दिएको हो ।

उनीहरु सबैजना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै पक्राउ परेकामध्ये सचिन परियारसँग प्रहरी जवान घिमिरेको चिनजान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले घिमिरेको हत्या गरी एक निर्माणाधीन घरको भुइँमा म्याट्रेसले छोपेर लुकाएका थिए भने मृतकले लगाएको लुगा जलाएर नष्ट गरेका थिए ।

प्रहरी जवान घिमिरेको शव शुक्रबार रक्ताम्य अवस्थामा मनमैजुको एक निर्माणाधिन घरमा फेला परेको थियो ।

घिमिरेको हत्या किन भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको बताए । प्रारम्भिक रुपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको बताए ।

घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको बताए। त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य बिरोध शुरु भएको अवस्था पत्ता लागेको जानकारी दिए । युवराज घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको भन्नेकुरा बुझिन आएको अनुसन्धान जारी रहेको बताए ।

अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पु¥याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, लामाहरु भइ घिमिरेको बेल्ट विभिन्न हतियारको प्रयोग गरी हत्या गरेको देखिएको बताए ।

घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्नेतर्फ अनुसन्धान अघि बढेको बताए । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रवार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।