जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ नौडाँडाबाट प्रहरीले बलात्कार मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी घर भएका ३७ वर्षीय विपिन भन्ने केशव सुनार छन् ।
उनलाई बिहीबार पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए । प्रतिवादी विरुद्ध जिल्ला अदालत कास्कीको २०७९ माघ १० मा ११ महिना ८ दिन कैद सजाय, १५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
अदालतले ४ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने ठहर समेत गरेको छ ।