जन्मभुमि खबर ,
पोखरा ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दोहोरो नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको हो ।
दोहोरो नागरिकता बनाएको आरोपमा उनीविरुद्ध धनुषा अदालतमा यसअघि नै मुद्दा दर्ता भइसकेको छ । प्रहरीले सिरोहीको खोजी गरिरहेको छ । प्रहरीले खोजी गरेसंगै उनी फरार भएका छन् ।
आफ्नो दोहोरो नागरिकताका कारण अफ्ट्यारो पार्ने भएपछि सिरोहिया सर्वोच्च अदालतमा पनि पुगेका थिए ।