जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

जन्मभुमि खबर ,

पोखरा ।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घट्दा चाँदीको बढेको छ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य सात सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा २५रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार चार सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुन तोलाको १ लाख ३६ हजार ७५० रुपैयाँ कायम हुँदा चाँदी भने १ हजार ७४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।