जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपछि केपी शर्मा ओली र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच संसद्मा धकेलाधकेल

 

जन्मभुमि खबर ,

पोखरा ।

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।

बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेला धकेल समेत भएको थियो । सांसदहरूबीच धकेला धकेल हुँदा संसदमा तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका सुरु गरेका थिए ।

नाराबाजीका बीच सभामुखले बैठक अगाडि बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव देखिएको छ ।

यसअघि पटक पटक सहमतिका प्रयास भएपनि ठोस सहमति हुन नसक्दा कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।

संसदमा तनाव भएपछि सभामुखले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।