जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सन्दीपले भने–‘मेरो सपना पूरा नभए पनि देशको सपना पुरा भएकोमा खुशी छु’

जन्मभुमि खबर ,
पोखरा ।

नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन्। अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ।

पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन्। आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरे।

उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ।