जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने

जन्मभुमि खबर ,
पोखरा ।

नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुने जानकारी गराएका हुन् ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२:४५ बजेअघि नै संसद् भवनमा उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरेका छन् ।