जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

जन्मभुमि खबर ,
पोखरा ।

लेकसाइडमा रहेका स्पा (मसाज) सेन्टरबाट प्रहरीले बुधबार ६ बालिकाको उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा र शक्ति समूह नेपालबाट खटिएको संयुक्त अनुगमन टोलीले लेकसाइडका विभिन्न ५ मसाज सेन्टरबाट उनीहरुलाई उद्धार गरेको हो ।

मसाज सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा अनुगमन गर्दा १८ वर्षभन्दा मुनिका ६ बालिकालाई काममा लगाएको पाइएको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले बताए । बालिकाको उद्धार गरी थप अनुसन्धान कार्य भइरहेको उनले जनाए ।