जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विशेष प्याकेजको व्यवस्था गरिने

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले पोखरा र भैरहवा विमान स्थल सञ्चालनका लागि विशेष प्याकेजको व्यवस्था गर्ने भएको छ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हवाइ नीति र कानुनमा समसामयिक सुधार गरिने बताए।

हवाइ सेवालाई सुरक्षित सुलभ र पहुँचयोग्य बनाइनेछ। आन्तरिक र अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती गरी पूर्ण क्षमतामा सञ्चालन गरिने छ। पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिनेछ,’ उनले भने।

साथै नेपाली वायुसेवा कम्पनीहरुको अन्तराष्ट्रिय बजारमा विस्तार गरिने बताए।