जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट गुल्मीतर्फ जाँदै गरेको यात्रुवाहक बस मक्वादीमा दुर्घटना , १२ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखराबाट गुल्मीतर्फ गइरहेको बस दुर्घटनामा परेको छ । तम्घास रिढि सडकखण्डको रुरुक्षेत्र गाउँपालिकाको १ मक्वादीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डिएसपी शंकर पोखरेलले जानकारी दिए  ।

उनका अनुसार १३ जना सवार बस अन्दाजी ५०-६० मिटर तल खसेको हो । ‘एकजना गम्भीर घाइते छन् । १२ जना सामान्य घाइते छन् । घाइतेहरूको रिढि प्राथमिक केन्द्रमा उपचार भइरहेको छ’, उनले भने ।

दुर्घटना के कारण भएको त्यस विषयमा अनुसन्धान भइरहेको  उनले बताए ।