जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ ।

यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेल/मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो । अब पोखरामा पेट्रोल १७१ र डिजेल/मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।