जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नारायणगढ-मुग्लिन सडकमा ३ बस र एउटा ट्रक ठोक्कियो : एक जनाको मृत्यु, २२ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।

दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूको सूची :

१. सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका–७)

२. निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका–१०)

३. निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका–२)

४.सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका–७)

५. पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका–८)

६. पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका–७)

७. समिर के एम, २० वर्ष (प्युठान नगरपालिका–८)

८. तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका–४)

९. मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका–४)

१०. मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका–६)

११. पदम थापा, ६० वर्ष (प्युठान)

१२. सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका–१०)

१३. प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका–४)

१४. सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका–८)

१५. प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका–१)

१६. पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका–८)

१७. गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका–३)

१८. दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका–३)

१९. लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका–८)

२०. सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका–८)

२१. राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका (ट्रक चालक)

२२. सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ (ट्रक चालक)