जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै पोखराका सहकारीका पीडितहरुको विरोध

 

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका समस्याग्रस्त ७ सहकारीका पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । आइतबार पोखराको सिर्जनाचोकदेखि पृथ्वीचोकसम्म उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुको प्रदर्शनमा जिल्लामा सक्रिय ७ राजनीतिक दलहरुको पनि समर्थन छ । गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सूर्यदर्शन सहकारीसँगै शिव शिखर सहकारी, इमेज सहकारी, प्राइम सहकारी, मित्रमिलन सहकारी, विन्ध्यावासिनी सहकारी र बलिदानी सहकारीका वचतकर्ता पीडितहरु सडकमा निस्किएका हुन् ।

सहकारी पीडितहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।

उनीहरुले ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै उनीहरूले सहकारी ठगी प्रकरणमा मुछिएकाले राजीनामा दिनसमेत माग गरेका छन् ।