जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घान्द्रुकमा महिलामाथि जबरजस्ती नाच्न लगाएर अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट महिलामाथि जबरजस्ती गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बागलुङ जैमिनी नगरपालिका ८ बस्ने २८ वर्षीय भीम थापा, सोही ठाउँका ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षका तेज हमाल छन् ।

पोखराका पर्यटकहरू रमाइलो गरिरहेको ठाउँमा पुगेर उनीहरुले महिलालाई जबरजस्ती नाच्न लगाएर अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । होटल सञ्चालक र कर्मचारीले समेत सम्झाउँदा नमानेर बियरको बोतल र लाठीले प्रहार गर्दै घाइते बनाएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।