जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

जन्मभुमि खबर ,
पोखरा ।

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा परेको छ। उच्च अदालत पाटनले उनको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो ।

सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

बलात्कार मुद्दामा सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ ।