जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्यमा फेरि नयाँ कीर्तिमान

जन्मभुमि खबर ,
पोखरा ।

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुन १ लाख ३६ हजार ३ सय, तेजाबी सुन १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन १ लाख ३६ हजार २ सयको नयाँ कीर्तिमान बनाएको सुनको मूल्यले आज फेरि नयाँ उचाइ प्राप्त गरेको हो।

यता चाँदीको मूल्य भने स्थिर हुनपुगेको छ। अघिल्लो दिन १ हजार ६ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्यमा आज कुनै परिवर्तन भएको छैन।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च छ। आज २ हजार ३ सय ४५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भइरहेको एजेन्सीहरुले जनाएका छन्।