जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बुधबार बिहान दाङबाट रुकुमका लागि हिँडेको बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।

रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलबाट खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। । उनका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

घाइतेहरूलाई उपचारका लागि थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यान पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।