जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालमा डुङ्गा पल्टिएर खसेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

जन्मभुमि खबर ,
पोखरा ।

फेवातालमा बोटिङ गर्नेक्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले आज अपरान्ह उद्धार गरेको छ ।

स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियार बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको तालमा खसेका थिए ।

बोट पल्टिएर भएको दुर्घटनापछि सशस्त्र प्रहरी बलको फेलातालस्थित रेक्यु टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै उद्धार गरेको हो ।

हावाहुरीका कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको पनि त्यही टोलीले उद्धार गरेको सशस्त्र प्रहरीका केन्द्रीय सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।