जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रतितोला सात सय रूपैयाँ बढ्यो सुन , पुन रेकर्ड कायम

जन्मभुमि खबर ,
पोखरा ।

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार)को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेको थियो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो, जुन हालसम्म कै उच्च हो।

ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेकोमा सोमबार भने फेरि बढेको हो।

आज चाँदीको मूल्य पनि बढेको छ।