जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका महानगरपालिकाका इन्जिनियर डेढ लाख घुससहित पक्राउ ( भिडियो सहित )

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो ।

पोखरा ५ पस्र्याङबाट उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेको अख्तियार पोखराका प्रमुख आसमान तामाङले पुष्टि गरे । ‘घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिइएको रहेछ,’ उनले भने, ‘उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । प्रक्रिया पूरा हुँदैछ ।’ सेवाग्राही पोखर वडा नम्बर १० सेवाग्राही पोखर वडा नम्बर १० का हुन् ।