जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २९ मा पेट्रोल पम्पमा आगलागी , एक स्कुटर जलेर ध्वस्त

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा रहेको बिन्दवासिनी आयल स्टोरमा अगलागी भएको छ ।

आज दिउसो करिब ४ बजे ग८प ८२१८ नम्बरको स्कुटरमा रुपा गाउँपालिका ६ बस्ने अजित खड्काको स्कुटरमा तेल भर्ने क्रममा एक्कासी आगो लागेको हो ।

चालकका अनुसार पेट्रोल हाल्ने ब्यक्तिले इन्जिननिरको साइडमा तेल हाल्दा एक्कासि आगो लागेको बताएका छन ।

उक्त आगलागि नियन्त्रणमा आएको थप जानकारी आउन बाकिँ रहेको डाडाँनाक प्रहरी चौकीले बताएकोछ ।