जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराउँदै निवर्तमान मुख्यमन्त्री पाण्डे

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशमा सभामुखसहितको हस्ताक्षरमा मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीको सरकारविरुद्धको रिट सर्वोच्च अदालतमा पुगेको छ । निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आइतबार सर्वोच्च गएका हुन् ।

सर्वोच्चमा रिट दर्ताको प्रक्रियामा रहेको गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले जानकारी दिए । “हामी रिट फाइल गर्दैछौँ । सभामुखको पद सम्मानित पद हो, अगणितीय पद हो,” पौडेलले , “सभामुखलाई गणना गर्नु हुँदैन भने संविधानको धारा १६६ (२) बमोजिम मुख्यमन्त्रीको सहमति र सिफारिस गइसकेकै थियो ।

सभामुख समेत माओवादीको आठ भित्र परेकाले नियुक्ति रोकियोस भनिएकै थियो । त्यसलाई वेवास्ता गरेर प्रदेश प्रमुखबाट नियुक्ति गर्ने काम भएको उनले बताए ।

उनले संविधानको धारा १६८ (२) बहुमत प्राप्त गर्नसक्ने दलको नेताका लागि भए पनि अहिले नियुक्त मुख्यमन्त्रीलाई बहुमत प्राप्त नभएको उनले बताए । “कोसी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको रिटमा सर्वोच्चको फैसलाको नजिर समेत रहेकाले मुख्यमन्त्रीको नियुक्ति खारेज गर्न र आफूलाई मुख्यमन्त्री निरन्तरता दिन उहाँले माग गर्नुभएको छ,” पौडेलले भने ।